मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

भिम्सेन थापा गाउँपालिकामा गठबन्धनको ज्याजतीः एकै व्यक्तिले ४० भन्दा बढि मतदान गरे


Nepal Raibar
५, मंसिर २०७९ (अर्काइभ बाट)
भिम्सेन थापा गाउँपालिकामा गठबन्धनको ज्याजतीः एकै व्यक्तिले ४० भन्दा बढि मतदान गरे
सुनिल केसी । आइतबार भएको निर्वाचनमा गोरखाको भिम्सेन थापा गाउँपालिकाको वार्ड न. १ मसलेको विन्द्रावति मा.वि.मा मतदान भइ रहँदा गठबन्धन वा कांग्रेस पार्टीको तर्फबाट ज्याजती भएको छ । शुरुमा एमालेको प्रतिनिधि सुरज बरामलाई त्यहाँबाट निकालिएको थियो । त्यस्तै गरि अरु एजेन्टहरुलाई पनि बस्ने वातावरण दिइएको थिए । बिहानैदेखि उनिहरुले फजि मत राख्न शुरु गरेका थिए । काठमाडौं वा गोरखा बाहिरबाट चुनावमा सामेल नहुने व्यक्तिहरुबाट भोटर कार्ड तथा नागरिकता मागेर जम्मा गरि अनुपस्थीत व्यक्तिहरुको बाट पनि मतदान गरेको विषयलाई लिएर झन् विवाद चर्किएको हो । त्यसपछि गोप्य मतदान गर्दा पनि मतदान गरेको स्थानमा नै गई के चिन्हमा भोट हाल्छ भन्दै हेर्ने र आफैले म हालि दिन्छु भन्दै खोजेर भोट हाल्ने समेतको क्रियाकलाप भएको थियो । केन्द्रमा नाम नै नभएका व्यक्तिहरुले समेत भोट हालेका छन्। त्यति मात्रै नभई नाम नै भएका व्यक्तिहरुले पनि ४० भोट भन्दा बढि गरेका थिए ।