जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता लिएका छन् । ११०० मतगणना हुँदा शाहीले ७ सय १६ मत प्रात्त गरेका छन् ।
गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २ सय ३८ मत प्रात्त गरेकी छिन् । त्यस्तै गरी नेकपा एमालेका रतननाथ योगीले ५६ मत पाएका छन् ।