जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता लिएका छन् । ६ सय मत गन्दा उनले ३८० मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले १३५ मत प्राप्त गरेकी छन् ।
यस्तै नेकपा एमालेका रतननाथ योगीले ३१ मत प्राप्त गरे ।