क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताको भीड

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मंगलबारदेखि सुरु भएको यो सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् ।
प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।
त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवद्र्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।
मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।
त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ ।
मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु. २५ मै उपलब्ध गराइरहेको छ । साथै पेवेलले आफ्नो क्यूआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ ।
मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ । साथै एनसेलले ‘होम एन्ड अवे’ डेटा प्याकेजबारे पनि जानकारी दिइरहेको छ ।
-
‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र अनलाइनबाट हिंसा वृद्धि हुँदै गएको भए पनि हिंसा...
१ दिन अगाडी २ मिनेट पाठ -
भारतीय साझेदारसँग मिलेर चिप्स र विद्युतीय गाडी उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनको इच्छा
ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतीय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदारसँग मिलेर...
१ दिन अगाडी १ मिनेट पाठ -
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
खेमराज गौतम। नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत्...
१ दिन अगाडी ४ मिनेट पाठ -
प्रविधिमैत्री प्रयोगशाला
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ । प्रतिष्ठानका...
१ हप्ता अगाडी १ मिनेट पाठ -
तनहुँ जलविद्युत् आयोजनामा ३४ प्रतिशत प्रगति
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति...
२ हप्ता अगाडी ५ मिनेट पाठ