रातो मच्छिन्द्रनाथको भोटो जात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । बिहीबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका छन् । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत उच्च पदस्थहरूको समेत सहभागीता थियो ।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जाउलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।
हेर्नुस् तस्वीरहरु:
-
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो
मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै...
१९ मिनेट अगाडी ३ मिनेट पाठ -
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...
१ घण्टा अगाडी ३ मिनेट पाठ -
भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण
सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नक्कली भुटानी शरणार्थी प्रकरण: थुनछेक बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ। हालसम्म पक्राउ परेका १८...
३ घण्टा अगाडी २ मिनेट पाठ -
वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर...
३ घण्टा अगाडी १ मिनेट पाठ