काठमाडौंमा जारी शिक्षक आन्दोलनले नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ । आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएका हुन् ।
सडक यतिबेला पानीका खाली बोत्तल, खानेकुराका खोल र प्लाष्टिकका झोलाले प्रदूषित बनाएको छ । यसैबीच काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।
बोटबिरुवामा क्षति पुर्याएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्-
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ ।।