प्रतिष्पर्धाबाट नभेटिएपछि बिना परीक्षा ३६ जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित)
१९ न्यायाधीशको सरुवा

न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् । जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन् ।
मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो । नियुक्तिकोो परीक्षामा सहभागी २११ जनामध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए ।
संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ ।
रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ । आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो । तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि अब न्याय परिषदले छानेर नियुक्त गरेको छ ।
हेर्नुस् सूची
-
क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै
यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ...
५ घण्टा अगाडी २ मिनेट पाठ -
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर...
६ घण्टा अगाडी १ मिनेट पाठ -
लागूऔषधसहित पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने...
७ घण्टा अगाडी २ मिनेट पाठ -
बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ...
७ घण्टा अगाडी १ मिनेट पाठ -
बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ
साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१...
८ घण्टा अगाडी २ मिनेट पाठ