विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइनको व्यवस्था

सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सञ्चालनमा ल्याएको छ । सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान गर्न सहज हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा। दामोदर रेग्मीले बताए । राज्यको ढुकुटीबाट खर्च हुने २० लाखभन्दा बढीका सबै खरिदमा विद्युतीय खरिद प्रणालीको प्रयोग अनिवार्य गरिएको छ ।
हटलाइन बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म सहयोगकक्षबाट सेवा प्राप्त हुनेछ । हटलाइनबाट बोलपत्र प्रयोग, युजरनेम र पासवर्ड लिने, अद्यावधिक गर्ने, खरिद योजना तयारी, स्वीकृति, परिमार्जन र प्रकाशन गर्ने, खरिदकार्यको बोलपत्र वा प्रस्ताव कागजात तयारी, स्वीकृति र प्रकाशन गर्ने तयारीबारे जानकारी मिल्नेछ । बैठकको माइन्यूट प्रकाशन गर्ने, बोलपत्र वा प्रस्ताव खोल्ने मिति र समयका बारेमा खरिद प्रक्रियामा सहभागी बोलपत्रदातालाई प्रणालीबाटै जानकारी उपलब्ध हुनेछ ।
हटलाइन सेवाबाट खरिदको आशयपत्रको सूचना जारी गर्ने, खरिद निर्णयको पुनरावलोकनसम्बन्धी कार्य गर्ने, खरिदको सम्झौता र करार व्यवस्थापनसम्बन्धी कार्य गर्ने, खरिद कार्यको विद्युतीय भुक्तानी गर्ने, सार्वजनिक खरिद व्यवस्थापन सूचना प्रणाली व्यवस्थित गर्ने क्रममा प्रणालीको प्रयोगमा आएका यावत समस्याको समाधान प्राप्त गर्न सकिनेछ ।
सरकारले विकास निर्माणका सबै आयोजनाको बोलपत्र आह्वानमा धेरै व्यक्तिहरूको सहभागिता र प्रतिस्पर्धा गर्न सकियोस् भन्ने हेतुले पछिल्लो समय विभिन्न नयाँ कार्य गर्दै आएको छ । कार्यालयको र विद्युतीय खरिद प्रणालीको वेबसाइटबाट कुनकुन बोलपत्रको सूचना प्रकाशन भएको र म्याद कति छ भन्ने जानकारी लिन सकिने सचिव डा। रेग्मीले बताए ।
-
क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै
यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ...
५ घण्टा अगाडी २ मिनेट पाठ -
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर...
७ घण्टा अगाडी १ मिनेट पाठ -
लागूऔषधसहित पाँच जना पक्राउ
देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने...
७ घण्टा अगाडी २ मिनेट पाठ -
बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ...
७ घण्टा अगाडी १ मिनेट पाठ -
बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ
साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१...
८ घण्टा अगाडी २ मिनेट पाठ