आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

काठमाडौँ गैरीगाउँमा हत्या भएका चारै जनाको सनाखत, तीन जना एकै परिवारका

काठमाडौँ गैरीगाउँमा हत्या भएका चारै जनाको सनाखत, तीन जना एकै परिवारका

शनिवार, भाद्र ३० २०८०
शनिवार, भाद्र ३० २०८०
  • काठमाडौँको गैह्रीगाउँमा हत्या गरिएको अवस्थामा शनिबार बिहान फेला परेका चार शवको सनाखत भएको छ । धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य समिलमा फेला परेका दुई पुरुष र दुई महिलाको शवको सनाखत भएको हो । हत्या हुनेमा सोही काठ मिलमा चौकीदार दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन् । घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिएका छन् । गए राति करिब १२ बजे घटना भएको अनुमान प्रहरीले गरेको छ । मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । प्रहरीले अहिले घटनास्थल पुगेर मुचुल्कालगायतका काम गरिरहेको छ । यस्तै घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । उक्त दिव्य सस्मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको भएको प्रहरीले जनाएको छ । चार वटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट