सामाजिक मूल्य मान्यता तथा न्यायमा पहुँच सम्बन्धी सामूहिक संवाद कार्यक्रम सम्पन्न

सर्लाहीको पर्सा गाउँपालिकामा सामाजिक मूल्य मान्यता तथा न्यायमा पहुँच सम्बन्धित सामूहिक संवाद कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष धिरेन्द्र राय यादवको अध्यक्षतामा व्यवस्थापकको रुपमा UN WOMEN को सहयोग, कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याक lacc नेपाल र vcdc को साझेदारीमा समुदाय स्तर सामूहिक संवाद सम्पन्न भएको हो ।
यस कार्यक्रमको मुख्य उदेश्य हाम्रो समाजमा महिलाहरू प्रति विभिन्न जात, धर्म र लिङ्गको आधारमा भईरहेको भेदभावलाई पालिका स्तरबाटै जनचेतनामुलक कार्यक्रमबाट न्यूनीकरण गर्ने रहेको छ। यस समाजमा देखापरेका विभिन्न किसिमको पुर्वाग्रहहरुले गर्दा जुन महिलाहरुमाथी हुने भेदभाव तथा हिंसा देखिएको छ ति समस्याहरुको समाधानका निमित्त अहिले हरिपुर्वा नगरपालिका,पर्सा तथा ब्रह्रमपुरी गाउँपालिकाका महिला तथा पुरुषहरु सहभागी भई कार्यक्रममा आआफ्नो बिचार राखी छलफल गरेका हुन्।
उक्त छलफलमा उठेको समस्याहरुलाई पालिका स्तरबाट सम्बोधन गर्दै पालिका अध्यक्ष धिरेन्द्र राय यादव भन्छन्- ‘अहिले महिला हिंसासँग सम्बन्धित समस्याहरु बढिरहेको स्थितिमा छ र यसको समाधानका निमित्त हाम्रो पालिकामा महिला शाखाको पनि व्यवस्था छ गरेको छ। साथै महिला वर्गमा कुनै समस्या आएमा हामिलाई प्रत्येक्ष सम्पर्क गर्नु र आउदो दिनमा पनि हाम्रो साथ सहयोग रहनेछ भन्दै प्रतिबद्धता दिए ।’
कार्यक्रममा सहभागी हरिपुर्वा न.पा .५ कि चन्दृका बैठाले महिला हिंसा निम्त्याउनुमा प्रमुख कारण दाईजो प्रथा र बालविवाह हो हामी यी समस्याबाट कहिले मुक्त हुने भन्दै गुनासो समेत राखेकी छिन् ।
-
बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरूका विषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने...
१३ मिनेट अगाडी २ मिनेट पाठ -
जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत...
१ घण्टा अगाडी १ मिनेट पाठ -
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो
मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण
सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा...
३ घण्टा अगाडी २ मिनेट पाठ