दुर्घटनामा ५ जनाको मृत्यु

विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी ललितपुर महानगरपालिक-५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-२० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका-५ धनगढवामा हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४७ वर्षीया मोतिरानी कोहारको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापाको कमल गाउँपालिका-४ सितापुरी स्थित सडकमा पनि बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यसैगरी मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित सडकमा भे.१ ख २७५४ नम्बरको बसको ठक्करबाट तनहु रिसिङ गाउँपालका-८ चारघरी घर भई हाल नवलपरासी(पुर्व) गैडाकोट नगरपालिका-४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जोमसोम हुँदै जिल्ला सरकारी अस्पताल बेनी म्याग्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
-
हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट
निर्देशक सरोज पौडेलले मध्यपश्चिमको प्युठानमा स्कुल जीवन बिताए । बाँकी शिक्षादिक्षा दाङमा लिए ।...
७ मिनेट अगाडी ३ मिनेट पाठ -
बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरूका विषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने...
१९ मिनेट अगाडी २ मिनेट पाठ -
जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत...
१ घण्टा अगाडी १ मिनेट पाठ -
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो
मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै...
२ घण्टा अगाडी ३ मिनेट पाठ -
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...
३ घण्टा अगाडी ३ मिनेट पाठ