अपांगता परिचयपत्र वितरण कार्यतीव्रता

डुम्रे तनहुँको व्यास नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका छन् । उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान परेकी व्यास(१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका हुन् ।
अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएका छन् । अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताए । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ । नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिए। उनका अनुसार अति अशक्त अवस्थाका अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ ।
त्यस्तै व्यास-१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र वितरण गरिएको छ । अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउँछन्। ‘हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ’, उनले भने ।
शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपांगता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।
-
सामाजिक मूल्य मान्यता तथा न्यायमा पहुँच सम्बन्धी सामूहिक संवाद कार्यक्रम सम्पन्न
सर्लाहीको पर्सा गाउँपालिकामा सामाजिक मूल्य मान्यता तथा न्यायमा पहुँच सम्बन्धित सामूहिक संवाद कार्यक्रम सम्पन्न भएको...
१२ मिनेट अगाडी २ मिनेट पाठ -
‘वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो’
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित...
४ घण्टा अगाडी २ मिनेट पाठ -
भरतपुर महानगरपालिकामा सडक निर्माण कार्य सुरु
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ ।...
५ घण्टा अगाडी २ मिनेट पाठ -
वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार...
५ घण्टा अगाडी १ मिनेट पाठ -
मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न
पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको...
६ घण्टा अगाडी २ मिनेट पाठ