अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।
यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कसले गर्ने र बत्तीको महसुल कसले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन । केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो ।
बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ ।
लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमल पोखरी र चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन् ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ । कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।
-
‘वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो’
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित...
३ घण्टा अगाडी २ मिनेट पाठ -
भरतपुर महानगरपालिकामा सडक निर्माण कार्य सुरु
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ ।...
४ घण्टा अगाडी २ मिनेट पाठ -
वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार...
५ घण्टा अगाडी १ मिनेट पाठ -
मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न
पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
दुर्घटनामा ५ जनाको मृत्यु
विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११...
७ घण्टा अगाडी २ मिनेट पाठ