शनिवार, आश्विन १३ गते २०८०

२०८०, आश्विन १३गते

30th Sep 2023

पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम


Nepal Raibar
२५, माघ २०७९ (अर्काइभ बाट)
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको अल्टिमेटम दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण शहर कुरुप भएको भन्दै तार हटाउने पहल थालेको हो । नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको पोलमा टांगिएका तारहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेर सात दिनको अल्टिमेटम दिएको छ । पोलमा यत्रतत्र टांगिएका इन्टरनेट, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । पोलमा सम्बन्धित् कार्यालयले वर्षौदेखि यत्रतत्र तार टाँग्दै आएको, तर व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ ।