मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

ट्याक्सी र कार ठोक्किँदा दुईको मृत्यु


Nepal Raibar
१६, माघ २०७९ (अर्काइभ बाट)
ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिएका छन् । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ४ च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएण्डबी अस्तापलमा उपचार भइरहेको छ