मनोज पाण्डे सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा दोषी ठहर

सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् । न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।
एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको थियो । यस्तै बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।
किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो । यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ । २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो ।
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
७ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
११ घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
११ घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
११ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
११ घण्टा अगाडी ४ मिनेट पाठ