नेपाल कानून समाज ४१ वर्षमा प्रवेश

मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो ।
स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ । कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि समाजले विभिन्न गतिविधि गर्दै आएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए । लोकतन्त्रको लाभ जनस्तरसम्म पुग्नुपर्छ भन्ने सबैको एउटै विचार र अडान हुनुपर्नेमा समाजले जोड दिँदै आएको छ ।
संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अङ्ग, नागरिक समाज र सरोकारवाला सबैलाई कमजोरी नदोहो¥याउन र सकारात्मक पक्षको संवद्र्धन गर्न सङ्कल्प लिन समाजले अपिल गरेको छ ।
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
७ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
११ घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
११ घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
११ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
१२ घण्टा अगाडी ४ मिनेट पाठ