स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट रनेश डंगोल निलम्बित

स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ।
माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,’ निरौलाले सेतोपाटीसँग भने, ‘अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।’
उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो।
पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
हेर्नुहोस् यो भिडियो पनि:
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
८ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
११ घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
११ घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
११ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
१२ घण्टा अगाडी ४ मिनेट पाठ