बाजुरामा भूकम्पमा परी एक जनाको मृत्यु

आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भूकम्पका कारण माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। आज अपराह्न २:४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको बिस्तृत विवरण अझै आएको छैन ।
बाजुरा भर थुप्रै घरहरु आंशिक रुपमा क्षति भएको पाइएको छ तर प्रहरीले यसको आधिकारीक पुष्टि गरेको छैन ।
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
७ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
११ घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
११ घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
११ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
१२ घण्टा अगाडी ४ मिनेट पाठ