१८ करोड ऋण तिर्न नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो ।
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।
विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ ।
‘रङ्गशालाको ऋण तिर्नुपर्ने छ, यसका लागि उपायको खोजी भइरहेको छ’, उनले भनिन् । निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउँँदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताइन् ।
सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि रू २२ करोड र प्रदेश सरकारले रू पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट रू आठ करोड खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको दाहालको भनाइ छ ।
रङ्गशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उनले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताइन् । यसअघि फाउण्डेसनले निर्माणको जिम्मा लिएपनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो । फाउण्डेसनले महानगरपालिकालाई रङ्गशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो ।
हेर्नुहोस् यो भिडियो पनि;
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
६ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
९ घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
१० घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
१० घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
१० घण्टा अगाडी ४ मिनेट पाठ