मकवानपुरका चेपाङहरुलाई शनिबार न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ मकवानपुरको समन्वयमा रसुवामा कार दावा ग्लानको टिममार्फत चेपाङ समुदायलाइ कपडा वितरण गरेको हो ।

२४० चेपाङ परिवारलाई वितरण गरिएको हो । ग्लानले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताउनुभयो ।

कठ्याङ्ग्रिदो जाडोमा न्यानो ज्याकेट सहयोग गरेकामा चेपाङहरुले सहयोगीलाई धन्यावाद दिनुभयो । यहाँका प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी पदम चेपाङले बताउनुभयो । जाडोमा न्यानो कपडा पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् ।
चिसो बढेसँगै सुकुमबासी चेपाङ परिवारलाई समस्या परेको जानकारी पाएपछि ग्लानले वितरण गर्नु भएको हो ।ग्लान बिगत लामो समयदेखी सामाजिक कार्यमा लागिरहनुभएकाे छ ।