मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

सोमवार, आश्विन ८ २०८०
सोमवार, आश्विन ८ २०८०
  • इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
    काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई यहाँको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो । महानगरले २२ स्वदेशी पाहुना पनि अवलोकनका लागि आउने जानकारी गराएको छ । जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनीता डंगोलले भगिनीसम्बन्ध भएका देश र विदेशका पालिकाका प्रमुखहरूलाई इन्द्रजात्राका लागि निम्तो दिइसकेको बताइन् । जात्रालाई भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको उनले उल्लेख गरिन् । विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईःले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै उनले छलफल गर्न महानगरको ढोका खुला रहेको बताइन् । ईःले उठाएको विषय महानगरको मात्र नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनको भनाइ छ । मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि विधिवत रूपमा जात्रा सुरु हुन्छ । यही असोज ११ गते रथयात्रा र देवीदेवताको पूजाआजा गरी इन्द्रजात्रा पर्व मनाइँदै छ । इन्द्रजात्रा लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार