नक्कली नियुक्तिपत्र बनाउने जिल्ला शिक्षा अधिकारी र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादव र धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मण्डलले नक्कली नियुक्तिपत्र बनाएर यादवलाई विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्तिपत्रको आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई सुविधा लिएको अख्तियारले जनाएको छ । साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले यादवको शिक्षक पदको नक्कली नियुक्तिपत्र बनाउन सघाएको अख्तियारको भनाइ छ ।
नियुक्ति नै नभएको र अभिलेखीकरण नै नभएकी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधारमा भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै राम जानकी प्राथमिक विद्यालयमा पदस्थापना गर्ने कार्य मण्डलले गरेको ठहर अख्तियारको छ ।
-
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
७ घण्टा अगाडी ३ मिनेट पाठ -
इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई यहाँको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न...
७ घण्टा अगाडी २ मिनेट पाठ