बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज (मंगलबार) भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो । भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
दुईटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।
त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो । उद्धार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो । प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो ।
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिब बुढाथोकीले जानकारी दिएका छन् । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीय समेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ । शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए । काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए ।
-
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
७ घण्टा अगाडी ३ मिनेट पाठ -
इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई यहाँको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न...
७ घण्टा अगाडी २ मिनेट पाठ