डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला

डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ ।
मेलगाझा घर नजिकैको जंगलमा युवती रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए । ‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ, घटना प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउँला ।’
अहिले युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ । पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन् ।
-
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख...
५ घण्टा अगाडी २ मिनेट पाठ -
तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ
तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ परेका छन् । तिब्बतीलाई नेपाली...
५ घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज...
१० घण्टा अगाडी १ मिनेट पाठ -
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो ३ बजे...
१० घण्टा अगाडी १ मिनेट पाठ