शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०

डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला


Nepal Raibar
२५, माघ २०७९ (अर्काइभ बाट)
डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ । मेलगाझा घर नजिकैको जंगलमा युवती रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए । ‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ, घटना प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउँला ।’ अहिले युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ । पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन् ।

ताजा अपडेट