व्यवस्था फेर्यौं अब भुइँमान्छेको अवस्था बदल्नु पर्छ: देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सदन भवनलाई कटाक्ष भूमि नभइ रचनात्मक बहसको केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् ।
आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् भुइँमान्छेको दैनिकी बदल्ने कोणबाट बहस हुनुपर्नेमा जोड दिए । ‘व्यवस्था फेरियो अवस्था फेर्ने चरणमा छौं । चिच्याउने मात्र होइन, आँगन र भुइँमान्छेहरुको आँगन र चुलोमा लोकतन्त्र पुर्याउने हो । भुइँमान्छेको हालत कस्तो छ भन्ने कुरा विदेशिएकाहरुबाट हेर्न सकिन्छ । उनीहरुलाई नेपाल फर्काउने वातावरण बनाउनु पर्छ’, उनले भने ।
उनले अदालतले पार्टी विभाजन गरेको सरकार ढालेका जस्ता विषयहरुमा बहस गर्न जरुरी नरहेको संकेत गरे । बाहिर बसेर आलोचना गर्नेहरु र चर्का कुरा गर्नेहरु पनि यही संसदमा रहेको भन्दै बहसबाट अवस्था परिवर्तन गर्ने गरी नीति निर्माण बनाउन ध्यान दिनुपर्ने जिकिर गरे । ‘हिजो अदालतले गरेको कुराहरुमा कटाक्ष गरेर सदन बितायो भने विदेशमा भएका युवाहरुले के हेर्ने ?’, उनले भने, ‘अर्थतन्त्र बिग्रियो भनेर नभनौं तर सप्रेको पनि छैन । सर्पाने हामीले हो । त्यसमा छलफल गरौं । तीन विषयमा राष्ट्रिय सहमति खोजौं ।’
हेर्नुहोस् यो भिडियो पनि:
-
डडेल्धुरामा २० वर्षीया युवती जंगलमा मृत फेला
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा मृत्त भेटिएकी छन् । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया...
६ घण्टा अगाडी १ मिनेट पाठ -
सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न...
६ घण्टा अगाडी २ मिनेट पाठ -
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्...
१० घण्टा अगाडी १ मिनेट पाठ -
विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र...
१० घण्टा अगाडी १ मिनेट पाठ