थाइल्याण्ड सरकारले युवालाई किन दिदैँछ निःशुल्क साढे ९ करोड कण्डम?

थाइल्याण्ड सरकारले देशका युवाहरुलाई करिब साढे ९ करोड कण्डम निःशुल्क वितरण गर्ने निर्णय गरेको छ । यसको पछाडिको कारण यौन रोग र यसबाट हुने मृत्युलाई रोक्नु हो । यी रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ । धेरै देशहरूमा यस्ता उपाय अपनाएर यौन रोग र यसबाट हुने मृत्युविरुद्ध सचेतना अभियान चलाइन्छ। यहाँ किशोरी गर्भावस्था सम्बन्धी पनि सचेतना अभियान पनि सञ्चालन गरिएको छ ।
हरेक हप्ता १० वटा कन्डम पाइने
सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार थाइल्यान्ड सरकारका प्रवक्ता रचाडा धान्डिरेकले फेब्रुअरी १ देखि सरकारले देशका युवाहरुलाई नि:शुल्क कण्डम वितरण गर्न आग्रह गरेको हो । सरकारको यो योजना अन्तर्गत एक युवाले हप्तामा १० वटा कण्डम पाउनेछन् । उनीहरूले यो सुविधा वर्षभर पाउनेछन् । उनले चार फरक साइजमा कण्डम वितरण गरिने बताए । मानिसहरूले यी कण्डम कुनै पनि फार्मेसी वा देश भरमा अवस्थित कुनै पनि प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट प्राप्त गर्न सक्छन्। प्रवक्ताले भने, ‘गोल्ड कार्ड भएकाहरूलाई नि:शुल्क कण्डम उपलब्ध गराउने अभियानले रोगबाट बच्न र मानिसहरूलाई स्वस्थ राख्न मद्दत गर्नेछ।’
रिपोर्टका अनुसार थाइल्याण्डमा पछिल्ला केही वर्षयता यौनजन्य रोगका केसहरू बढेका छन्। सन् २०२१ मा दर्ता भएका STD मामिलाहरूमध्ये आधाभन्दा बढी सिफिलिस र गोनोरियाका थिए। आधिकारिक तथ्याङ्क अनुसार यसबाट पीडित हुनेमा अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका युवा थिए । यसैबीच, सन् २०२१ मा थाइल्याण्डमा १५ देखि १९ वर्ष उमेर समूहका १ हजार बालिकामध्ये २४ बालिकाले सन्तानलाई जन्म दिएका छन् । डब्ल्यूएचओका अनुसार यो संख्या विश्वव्यापी रूपमा ४२ छ।
थाइल्याण्डमा बसोबास गर्ने करिब सात करोड मानिसमध्ये ५ करोड मानिससँग गोल्ड कार्ड छ । थाइल्याण्डका मानिसहरूले यो गोल्ड कार्डको साथ सरकारी स्वास्थ्य सेवा योजनाहरूको फाइदा लिन सक्छन्।
-
थाहा पाउनुहोस् बाटोमा भेटेको पैसा टिप्दा शुभ हुन्छ कि अशुभ?
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ?...
५ दिन अगाडी ३ मिनेट पाठ -
बेहुलाका बुवाको सुरुवालमा दही पोखेर औंठी र पैसा पैसाको झोला लिएर बच्चा भागेपछि…
विवाह समारोहमा एक बालकले बेहुलाका बुवाको लुगामा दही पोखिदिएर पैसाको झोला लिएर फरार भएका...
३ हप्ता अगाडी १ मिनेट पाठ -
समयमै काम नसकेको भन्दै कर्मचारीलाई दिईयो यस्तो सजाय!
हामी चीनको बारेमा बेला बेला रोचक रोचक कुरा सुन्दै र पढ्दै आएका छौं ।...
३ हप्ता अगाडी १ मिनेट पाठ -
जब वेश्यालयकी यौनकर्मी आफ्नै ग्राहकसँग प्रेममा परिन्…
वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले...
३ हप्ता अगाडी ३ मिनेट पाठ -
अविवाहितलाई दालचिनीको धुलो खन्याइदिने अनौठो चलन, किन गरिन्छ यस्तो?
तपाईँ डेनमार्कमा हुनुहुन्छ र २५ वर्षको पुगेको अविवाहित हुनुहुन्छ भने दालचिनीको धुलोले नुहाउन तयार...
१ महिना अगाडी १ मिनेट पाठ