मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

बलात्कार गरेको भन्दै किशोरीद्वारा आफ्नै बुबाको हत्या

बलात्कार गरेको भन्दै किशोरीद्वारा आफ्नै बुबाको हत्या

आइतवार, आश्विन ७ २०८०
आइतवार, आश्विन ७ २०८०
  • पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्नै बुबाको गोली हानेर हत्या गरेकी छिन् । मृतककी १४ वर्षीया छोरीले प्रहरीलाई दिएको बयानमा बुबाले तीन महिनादेखि बलात्कार गर्दै आएको बताइन् । किशोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेकाले बलात्कारी बुबालाई मार्ने निधो गरेर गोली हानेको प्रहरी समक्ष बयान दिएकी छिन् । प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी किशोरीविरुद्ध मुद्दा दर्ता गरिने छ । किशोरीले बुबामाथि गोली प्रहार गरेपछि परिवारका अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले किशोरी, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए । घटनाको एक दिन अघि आइतबार मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार