युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन: अमेरिका

अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन र रुसबीच निष्पक्ष रूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेनमा जारी युद्ध अन्त्यका निम्ति चीन मध्यस्थता गर्न तत्पर रहेको बताएपछि अमेरिकाले चीनको आलोचना गरेको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन् । उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचित्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।
वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बतएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए । राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै चीनले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका छन् ।
-
स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, पहिलो युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ मा
‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको...
१ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीका राष्ट्रपति अर्दोआनले लिए शपथ
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् । उनको यो शपथसँगै...
४ घण्टा अगाडी १ मिनेट पाठ -
चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल...
५ घण्टा अगाडी १ मिनेट पाठ -
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा
पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबार नै तीन...
२ दिन अगाडी २ मिनेट पाठ -
सेनेगल झडपमा नौ जनाको मृत्यु
सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।...
२ दिन अगाडी २ मिनेट पाठ