मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।
राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए । अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेको पाइन्छ ।
लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ ।
-
युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन: अमेरिका
अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन...
४ घण्टा अगाडी २ मिनेट पाठ -
उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण
उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।...
४ घण्टा अगाडी २ मिनेट पाठ -
नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक पोस्टर टाँस्ने ६ जना पक्राउ
भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६...
६ घण्टा अगाडी १ मिनेट पाठ -
अफगानिस्तान र पाकिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु
अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु...
८ घण्टा अगाडी २ मिनेट पाठ -
अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने
अमेरिकी कम्पनी अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख...
१ दिन अगाडी १ मिनेट पाठ