पाकिस्तानी पूर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ। उपहार पाएको सामग्री गैरकानुनीरुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि छ ।
गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौँ घाइते भएका थिए ।
-
युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन: अमेरिका
अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन...
३ घण्टा अगाडी २ मिनेट पाठ -
उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण
उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।...
४ घण्टा अगाडी २ मिनेट पाठ -
नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक पोस्टर टाँस्ने ६ जना पक्राउ
भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६...
६ घण्टा अगाडी १ मिनेट पाठ -
अफगानिस्तान र पाकिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु
अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु...
८ घण्टा अगाडी २ मिनेट पाठ -
अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने
अमेरिकी कम्पनी अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख...
१ दिन अगाडी १ मिनेट पाठ