मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

पाकिस्तानी पूर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै


Nepal Raibar
४, चैत्र २०७९ (अर्काइभ बाट)
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ। उपहार पाएको सामग्री गैरकानुनीरुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि छ । गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौँ घाइते भएका थिए ।