अमेरिकाको क्यालिफोर्निया पछि आयोवामा गोली चल्दा दुईजनाको मृत्यु

अमेरिकाको आयोवा प्रान्तको डेस् मोनिस शहरमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ। सोमवार अमेरिकामा भएको यो तेस्रो गोलीकाण्ड हो।
आयोवामा मृत्यु हुने दुवैजना विद्यार्थी हुन्। गोली लागेको अवस्थामा १६ /१८ वर्षीय विद्यार्थी फेला परेको र अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनामा थप एक जना घाइते भएको र उनी एक विद्यालयका कर्मचारी रहेको बताइएको छ। घाइते व्यक्तिको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमल उल्लेख गरेका छन्। प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। हाल उनीहरुसँग सोधपुछ भइरहेको छ।
सोमवार नै अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको थियो। गोली चलाउने व्यक्ति ६७ वर्षीय छाउ चुलीरहेको प्रहरीले जनाएको छ। हाल उनलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। सो व्यक्तिले दुईस्थानमा गोली चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ। चारजनाको शव च्याउ फार्ममा र बाँकी तीनजनाको शव ‘ट्रकिङ’ व्यवसाय भइरहेको स्थानमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ।
प्रहरीले चुलीसँग ‘सेमि अटोमेटिक’ बन्दुक पनि फेला पारेको छ। उनको गोली लागेर थप एकजना घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ। क्यालिफोर्नियामा नै दुई दिनमात्रै गोलीकाण्ड भएको थियो। सो घटनामा एक वृद्ध व्यक्तिले गोली चलाएर ११ जनाको हत्या गरेका थिए। पछि संदिग्ध व्यक्ति नै कारमा मृत फेला परेका थिए।
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
१२ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ