थ्री इडियट्सका असली फुन्सुक वाङ्डूले प्रधानमन्त्री मोदीलाई भने- ‘अल इज नट वेल…’ (भिडियो)

सोनम वाङचुक एक शिक्षक हुन् । उनी भारतको लद्दाखमा शिक्षा/सामाजिक सुधारको लागि काम गर्छन्। यिनैबाट प्रेरित भएर चर्चित फिल्म ‘थ्री इडियट्स’को रान्चो (आमिर खान)को चरित्र निर्माण भएको हो । सोनम वाङचुकको आफ्नै युट्युब च्यानल छ । हालै उनले एउटा भिडियो अपलोड गरेका छन् । जसको शीर्षक राखिएको छ: ‘अल इज नट वेल इन लद्दाख’ अर्थात् लद्दाखमा सबै राम्रो छैन। भिडियोमा सोनमले लद्दाखको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन् । अपीलको साथ विभिन्न अध्ययनलाई उद्धृत गर्दै, लद्दाखका लगभग दुई तिहाइ हिमनदीहरू हराउँदै गएको बताइएको छ।
यसका लागि सोनम वाङचुक पाँचदिने ‘पर्यावरण भोक हड्ताल’ मा बस्ने भएका छन् । यो हड्ताल २६ जनवरीबाट सुरु हुनेछ । सोनम जहाँ हड्तालमा बस्न लागेका छन्, त्यो समुद्र सतहबाट १८ हजार फिटको उचाइमा छ । र, यहाँ रातको तापक्रम -४० डिग्रीको आसपास रहन्छ।
भारत सरकारले लद्दाखलाई तिब्बत बनाइरहेको छ ?
आइतबार, जनवरी २२, उनले एक भिडियो अपलोड गरे। १८ हजार फिट उचाइमा रहेको खार्दुङ्गला पासबाट । भिडियोमा उनले लद्दाखको मनको कुरा सुनाइरहेको बताए । सर्वप्रथम प्रधानमन्त्री नरेन्द्र मोदीको पहलको प्रशंसा गरे। उनले विश्वका अधिकांश नेतालाई जलवायु अपराधीका रुपमा हेरिएको समयमा प्रधानमन्त्रीले यस दिशामा काम गरेको बताए । तर उनले यो पनि भने कि यदि यस्तो लापरवाही जारी रह्यो भने लद्दाखको हिमनदी समाप्त हुनेछ। देश र छिमेकमा खानेपानीको अभाव हुँदा ठुलो समस्या आउनेछ पक्का भएको उनले जनाए ।
उनले आफ्नै तीन वर्षअघिको भिडियोमा पनि भनेका थिए,- जब कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरिएको थियो। त्यतिबेला पनि उनले छुट्टै केन्द्र शासित प्रदेश बने भने प्रशासन राम्रो हुने तर लद्दाखका आधारभूत समस्या बुझ्नुपर्ने बताएका थिए । उनले लद्दाखमा भइरहेको विरोधको बारेमा पनि उल्लेख गरे।
धारा- ३७० खारेज भएदेखि नै लद्दाखमा भूमि, स्रोत र रोजगारीको संरक्षणको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् । आवाज उठाउने समूहले आफूहरुलाई छैठौं अनुसूचीमा समावेश गर्न माग गरिरहेका छन् । संविधानको धारा २४४ बमोजिम छैठौं अनुसूचीमा केही व्यवस्थापिका, न्यायिक र स्वायत्त प्रशाशनिक विभाजनको व्यवस्था छ । छैठौं अनुसूचीमा नै चार उत्तर-पूर्वी राज्य आसाम, मेघालय, त्रिपुरा र मिजोरमका आदिवासी क्षेत्रहरूको प्रशाशनको लागि विशेष प्रावधानहरू छन्। सरकारले वाचा पनि गर्यो, तर ठोस केही भएन । यस विषयमा स्थानीय दलहरु पनि एकमत भएका छन् । सोनमले भने।
सोनमले यसको पनि कारण बताउदै स्थानीय प्रशाशन ठूला उद्योगीहरुको प्रभावमा रहेको भन्दै गृहमन्त्री अमित शाहसम्म यो कुरा पुग्नुपर्ने बताए। लद्दाखको वातावरणसँग उनको कुनै सरोकार छैन। उनी लद्दाखको हरेक उपत्यकामा खानी होस्, उद्योग स्थापना होस् भन्ने चाहन्छन् । र, लद्दाखका आदिवासी जनजातिलाई पनि यसै कुराको डर थियो। किनभने चिनियाँ सरकारले तिब्बतसँग पनि त्यस्तै गरेको थियो।
हेर्नुहोस् वाङचुकको पुर भिडियो-
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
१३ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१५ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ