सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु

सिरियाको अलेप्पो सहरमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको ज्यान गएको छ । अलेप्पोमा अमेरिकी समर्थनप्राप्त कुर्दबहुल लडाकु समूह सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफको नियन्त्रणमा रहेको शेख मकसुद क्षेत्रमा अवस्थित पाँचतले आवासीय भवन भत्केको हो ।
उक्त भवनमा ३० जनाको बसोबास रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यसअघि उक्त भवनको जगमा पानी चुहिने समस्या देखा परेको थियो । सिरियाको सरकार सञ्चालित समाचार संस्था सानाले सो भवनको भग्नावशेषमा अझै केही मानिसहरु पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ । एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण अलेप्पोको उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सिरियामा जारी द्वन्द्वमा परी हालसम्म करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । युद्धका कारण विस्थापित अधिकांश सिरियालीहरु यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
१२ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ