सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् । उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।
आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो । बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् । ‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’,उनले भने भएको छ । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने उनको भनाइ छ । आक्रमणका क्रममा सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताए । सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज भन्ने होटेलमा बारम्बार सांसदहरूको आवत जावत हुने गरेको बताइएको छ ।
विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आवद्ध अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लडाकुहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु गरेको बताइएको छ । अल शबाबले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवम् विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ