चीनमा सरकार विरोधी प्रदर्शनमा केही पक्राउ

चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।
सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आपपासमा हिँड्ने र तस्वीर लिनेलाई प्रहरीले ठाउँको ठाउँमा समत्ने गरेको छ । चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।
र यो विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिङको राजिनामासमेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका प्रदर्शनकारी सेतो कागज देखाउँदै जुलसमा सहभागी भएका छन् । चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।
सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सरकार विरोधी प्रदर्शनका तस्वीर तथा भिडियो आइरहे पनि चिनियाँ सञ्चार माध्यम भने यो प्रदर्शनप्रति अहिलेसम्म चुप छन् ।
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
११ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
११ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ