इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

इन्डोनेसियामा भुकम्पले ६२ हजार भन्दा बढि घरहरुमा क्षति भएको र ७३ हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । गत मंसिर ६ गते इन्डोनेसियाको जाभा टापुमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । सोही भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुगेको छ । धेरै जसो पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएको उल्लेख भएको हो ।
पछिल्लो समय तीन शव फेला परेसँगै आजको दिनसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको हो। भूकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्। उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने कुरा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले अन्तरास्ट्रिय संचार माध्यमलाई बताएका हुन् । प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले ,आधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको १४ दिनभन्दा बढी अवधि विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने भएका छन । सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा चार हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।
इन्डोनेसियाले प्रशान्त महासागरको रिङ अफ फायर मा रहेको स्थानका कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको अनुभव र्गदै आएको छ । भूकम्पमा फसेका ११ जना अझै बेपत्ता रहेको र उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिईरहेको प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले जानकारी दिएका छन् ।
-
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
टर्की-सिरिया भूकम्पमा उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश
उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको...
१२ घण्टा अगाडी १ मिनेट पाठ -
टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर
मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र...
१४ घण्टा अगाडी १ मिनेट पाठ -
बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने
अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको...
१ दिन अगाडी १ मिनेट पाठ -
युएसएआइडीका प्रशासक पावर नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइ...
१ दिन अगाडी ३ मिनेट पाठ