शनिवार, मंसिर १६ गते २०८०

२०८०, मंसिर १६गते

2nd Dec 2023

विश्वकपमा अर्जेन्टिनालाई हराएको खुशियालीमा आज साउदीमा सार्वजनिक बिदा


Nepal Raibar
७, मंसिर २०७९ (अर्काइभ बाट)
विश्वकपमा अर्जेन्टिनालाई हराएको खुशियालीमा आज साउदीमा सार्वजनिक बिदा
अर्जेन्टिनासँगको खेल जितेको खुशियालीमा साउदीले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो । भोलि साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास पनि भोलि बन्द रहने छ । साउदीमा रहेको नेपाली दूतावासले टिम साउदीलाई बधाई दिँदै यो खुसीको क्षणलाई साउदी सरकार र नागरिकहरूसँग बाँड्न चाहेको जनाएको छ ।  

ताजा अपडेट