शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०

साउदी अरेबियाको जितमा अर्जेन्टिना स्तब्ध


Nepal Raibar
६, मंसिर २०७९ (अर्काइभ बाट)
साउदी अरेबियाको जितमा अर्जेन्टिना स्तब्ध
अर्जेन्टिनाले शुरुवाती खेलमै हार व्यहोरेको छ । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै साउदी अरेबियासँग हार व्यहोरेको हो । मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलमा अर्जेन्टिनाले शुरुवाती अग्रता बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १(१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए । यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।

ताजा अपडेट