मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

आइतवार, आश्विन ७ २०८०
आइतवार, आश्विन ७ २०८०
  • २०८० असोज ७ गते आइतबारको तपाईको राशिफल भदौ शुक्ल नवमी पञ्चाङ्ग : शोभन कौलव पूर्वाषाढा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । प्रियजनको साथ पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । भूमि लाभ पनि रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीको याद बढी आउनेछ । शिक्षामा सफलता मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनु पर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्म, कर्ममा मन पनि लाग्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म, कर्म तथा समाज सेवाबाट सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्यप्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिने छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार