देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। गत बुधवार हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै सङ्घले सेवा ठप्प पारेको हो ।
सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पार्दा बिरामीहरू मर्कामा परेका छन्। संघले आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै हिजो साँझ आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।
-
माटेसागुमा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु
बाजुरा– खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।...
६ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
७ घण्टा अगाडी ३ मिनेट पाठ -
डेंगी संक्रमणबाट एकजनाको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५, खारखोलाको एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४०...
७ घण्टा अगाडी १ मिनेट पाठ -
आज पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने अन्तिम दिन
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि...
३ दिन अगाडी २ मिनेट पाठ -
डेंगी संक्रमितको संख्या २८ हजार नाघ्यो
नेपालमा डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको...
३ दिन अगाडी १ मिनेट पाठ