आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

स्वास्थ्य बिमा बोर्डले मुद्दती निक्षेपमा करिब चार अर्ब रकम राख्ने


Nepal Raibar
३२, श्रावण २०८० (अर्काइभ बाट)
स्वास्थ्य बिमा बोर्डले मुद्दती निक्षेपमा करिब चार अर्ब रकम राख्ने
स्वास्थ्य बिमा बोर्डले बिमा कोषको झन्डै चार अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । त्यसका लागि ‘क’ वर्गका बैंकहरुलाई प्रस्ताव पेस गर्न बोर्डले आह्वान गरेको छ । कोषमा मौज्दात रहेको झन्डै चार अर्ब रुपैयाँ, मुद्दतीमा राख्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । स्वास्थ्य बिमा ऐन २०७४ अन्तर्गत बनेको बिमा कोष कार्यविधिअनुसार पहिलोपटक सो रकम मुद्दतीमा राख्न लागिएको उनको भनाइ छ । कार्यविधिमा बोर्डले बिमा कोषमा जम्मा भएको रकम क वर्गका बैंकमा लगानी गर्न पाउने उल्लेख छ । बोर्डले सात दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेस गर्न बैँकहरुलाई समय दिएको छ ।  

ताजा अपडेट