हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।
हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ। गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियोभने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए।
सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो। विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।
-
स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, पहिलो युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ मा
‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको...
२६ मिनेट अगाडी १ मिनेट पाठ -
टर्कीका राष्ट्रपति अर्दोआनले लिए शपथ
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् । उनको यो शपथसँगै...
३ घण्टा अगाडी १ मिनेट पाठ -
चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा
पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबार नै तीन...
२ दिन अगाडी २ मिनेट पाठ -
सेनेगल झडपमा नौ जनाको मृत्यु
सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।...
२ दिन अगाडी २ मिनेट पाठ