अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै

संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ /२८ तारिखमा अमेरिकाको डलासमा हुने जनाइएको छ।
सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरूको सहभागिता रहने छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा। सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ। उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। हाल सो क्षेत्रमा २५ सय भन्दा धेरै डाक्टर र ५५ सय भन्दा धेरै नर्सहरु रहेको जनाइएको छ ।
सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा अनुज कँडेल, डा सरोज नियोला, अन्जु खरेल, डा बिभा गौतम र डा। किरण सापकोटा रहेका छन्।सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीले सहभागिता जनाउने भएका छन्।
-
विदेशबाट आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने
विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । सरकारले शुक्रबार सचिवस्तरीय...
२ दिन अगाडी १ मिनेट पाठ -
बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे
अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम...
२ दिन अगाडी ३ मिनेट पाठ -
जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका...
३ दिन अगाडी ३ मिनेट पाठ -
विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्यरूपमा उपलब्ध गराउन...
४ दिन अगाडी २ मिनेट पाठ