जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।
संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ ।
“जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको स्तर बढाउँछ,“ बोस्टन विश्वविद्यालय चोबानियनका चिकित्साशास्त्रका सहायक प्राध्यापक एवम् अनुसन्धाता शानशन शेहीले उल्लेख गर्नु भएको छ । यस्ता अनुसन्धानले जातीय विभेदको विभिन्न पक्षलाई उजागर गर्ने गरेको पाइएको छ । (रासस/सिन्ह्वा)
-
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु
मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ। गर्भवती महिलाको...
९ घण्टा अगाडी १ मिनेट पाठ -
‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस
भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय...
१ दिन अगाडी २ मिनेट पाठ -
सेवा विस्तार गर्दै रामपुर अस्पताल
सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो...
१ दिन अगाडी ५ मिनेट पाठ -
कक्षाकोठामै प्राथमिक उपचार
मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ...
३ दिन अगाडी १ मिनेट पाठ