दादुराका बिरामीको संख्या बढ्दै

बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना फेला परेका हुन् ।
जिल्लामा अहिलेसम्म एक सय ५० निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । ५८ घरमै उपचाररत छन् । नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा(रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताए । नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । दादुराको जोखिम देखिएका वडाहरूका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए ।
नरैनापुरमा फैलिरहेको दादुरा महामारी नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ छ ।
-
फागुन १ गते ‘बुस्टर डोज’ खोप ल्याइने
कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल...
१३ घण्टा अगाडी २ मिनेट पाठ -
नेपाल रेडक्रस सोसाइटीद्वारा ३० एम्बुलेन्स हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय...
१ दिन अगाडी ३ मिनेट पाठ -
बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो
काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ। पशु विभागको अनुसार...
२ दिन अगाडी १ मिनेट पाठ -
उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो
काठमाडौं उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको...
२ दिन अगाडी १ मिनेट पाठ -
स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव
खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ...
३ दिन अगाडी २ मिनेट पाठ