मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक


Nepal Raibar
२७, कार्तिक २०७९ (अर्काइभ बाट)
बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक
औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको छ । साथै काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर एएस२१२१ ट्याबलेट औषधिमाथि पनि विभागले प्रतिबन्ध लगाएको छ । यी दुबै क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् । बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमाथि प्रतिबन्ध लगाएको हो । विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।