शनिवार, आश्विन १३ गते २०८०

२०८०, आश्विन १३गते

30th Sep 2023

पोलियोविरुद्ध खोप लगाउने समय तालिका परिवर्तन


Nepal Raibar
२६, कार्तिक २०७९ (अर्काइभ बाट)
सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको हो । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । महाशाखाका अनुसार हाल प्रभावकारिताका लागि पोलियो विरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ हप्तामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्ष भित्रका बालबालिकालाई ८ हप्ताको फरकमा खोप दिँदै आइएको थियो । विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा खोप सल्लाहकार समितिले एफआईपिभी नियमित खोप प्रत्येक बालबालिकालाई पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा ९ महिनामा दिन भनेको छ ।